नेपाली

कृपया नोट गर्नु होस्

यो पृष्ठमा रहेका कुनै लिंकहरु अंग्रेजी भाषाको वेबपेजहरुमा जाने छ । अनुबाद सेवाको जानकारी तल दिईएको छ ।

Sydney Trains रेल नेटवर्कGreater Sydney मा यात्रा गर्न Sydney Trains रेल नेटवर्क सबै भन्दा सजिलो तरिका हो । हाम्रो सेवाले Sydney, Newcastle र Wollongong उपनगर भ्याउनुका साथै Hunter, Central Coast, Blue Mountains, Southern Highlands र South Coast प्रान्त सम्म बिस्तार गरिएको छ ।

तपाईको यात्राको योजना

सार्वजनिक यातायातबाट गर्ने तपाईको यात्राको योजना बनाउन Sydney Trains को गृहपृष्ठमा रहेको Trip Planner मा यात्राको प्रारम्भ स्थान र गन्तब्यस्थान जनाउनु होस् । हामीले उपलब्ध रेल, बस तथा फेरी (ferry) सेवाहरु मध्येबाट सबभन्दा उपयुक्त बाटो खोजिदिने छौ ।

हाम्रा रेल लाइनहरु छुट्याउन सजिलो होस् भनेर हरेक रेल लाइनहरु रँगले छुट्याइएको छ । तपाईले यात्रा गर्ने लाइनको रँग थाहा पाउन नेटवर्कको नक्सा हेर्नुहोस् । लाइनको रँगहरु रेल अड्डा (स्टेसन) मा राखिएको बाटो खोज्ने साइनबोर्ड (signage) मा देखाईएको छ ।

मर्मटसम्भार कार्य

हाम्रा सेवाहरुलाई सुरक्षित र भरपर्दो बनाउन हामी नियमित रुपमा हाम्रा नेटवर्कको मर्मट कार्य (trackwork) गर्छौ । प्राय जसो कामहरु राती र हप्तान्त (weekends) मा गरिन्छ । यस्तो बेला समयतालिका परिवर्तन हुन सक्छ र रेलको सत्ता बस चलाइने छ ।

आउदो मर्मट कार्य को जानकारी यो वेबसाइट, रेल स्टेसनहरुमा टासिएका पोष्टरहरुबाट वा Transport Info लाई १३१ ५०० (सेवा अंग्रेजीमा) मा फोन गरी पाउन सकिन्छ ।

कृपया मर्मट कार्य भई रहेको बेला यात्राको लागि थप समय दिनुहोला ।

प्रख्यात गन्तब्यस्थानहरु

Sydney विमानस्थल

शहरको केन्द्रबाट Sydney विमानस्थल तर्फ हरेक १०-१५ मिनेटमा रेल जाने छ । अन्तराष्ट्रिय टरमिनल (international terminal - T1) का लागि International Airport स्टेसन अथवा घरेलु टरमिनल (domestic terminals - T2 र T3) का लागि Domestic Airport स्टेसन प्रयोग गर्नु होस् । International Airport तथा Domestic Airport स्टेसनहरु Airport & East Hills लाइनमा पर्छ (नेटवर्कको नक्सामा हरियो रँगले जनाउछ) ।

Sydney Harbour

Circular Quay बाट फेरी लिएर तपाई Sydney Harbour तथा Parramatta River मा –Manly, Taronga Zoo, Luna Park र Watsons Bay समेत गरि - ३० भन्दा बढी ठाउँमा पुग्न सक्नु हुन्छ । Circular Quay स्टेसन City Circle लुपमा पर्छ । फेरी सेवाको बारे थप जानकारी Sydney Ferries वेभसाइट बाट पाउन सकिन्छ ।

Sydney Opera House

Circular Quay स्टेसन बाट Sydney Opera House करिब १० मिनेटको पैदल बाटो छ ।

Darling Harbour

Darling Harbour हाता Town Hall स्टेसन बाट करिब १५ मिनेटको पैदल बाटो छ । Town Hall मा झर्नुस् र Darling Harbour तिर जाने संकेत पछ्याउनुस् ।

Bondi Beach

Sydney को प्रख्यात Bondi Beach तिर लाग्दै हुनुहुन्छ? Bondi Junction स्टेसन को लागि रेल पक्रनुस् अनि Sydney Buses को समुद्रतट जाने बस सेवा, जस्तै बस मार्ग (route) ३३३, को लागि परिवर्तन गर्नुस् । Bondi Junction Eastern Suburbs & Illawarra लाइनमा पर्छ (नेटवर्कको चित्रमा निलो रँगले जनाउछ) ।

Blue Mountains

Sydney Trains सेवा Blue Mountains भरि चल्छ । अधिकांश पहाडी पर्यटक आकर्षणहरु Katoomba स्टेसन नजिकै छन् । नेटवर्कको नक्सामा Blue Mountains लाइनलाई फुस्त्रो र पहेलो रँगले जनाउछ ।

Sydney Olympic Park

Sydney Trains को Sydney Olympic Park जाने सेवा हरेक १०-२० मिनेटमा चल्छ । Lidcombe स्टेसन जाने रेल पक्रनुस् र उत्रेर Olympic Park स्टेसन जाने रेलको लागि परिवर्तन गर्नुस् । Lidcombe स्टेसन Western (नेटवर्कको चित्रमा पहेलो रँग), South (हल्का निलो), Inner West (हल्का बैजनी) र Bankstown (सुन्तला रँग) लाइनहरुमा पर्छ ।

कुनै सीधा रेल सेवाहरु Central स्टेसन बाट पनि चालु हुन्छ ।

तपाईले Olympic Park जाने टिकट कुनै पनि Sydney Trains स्टेसनबाट किन्न सक्नु हुनेछ ।

सुरक्षित यात्राको लागि

आकस्मिक सहयोग बिन्दुतपाईको रेल पुर्णत नरोकुन्जेल फलैंचा (platform) मा रहेको पहेलो लाइन पछाडी उभिनुस् ।

रेल चढ्डा वा उत्रिदा रेल र फलैंचा बीचको अन्तरलाई ध्यानमा राख्नु होस् ।

गार्डले सिट्टी बजाइसके पछि र ढोका बन्द हुन थाले पछि कहिले पनि रेलमा भित्रिने कोशीस नगर्नु होस् ।

तपाई बच्चाहरु लिएर यात्रा गर्दै हुनु हुन्छ भने स्टेसन र रेलहरुमा उनीहरुको हात तथा /वा प्राम या स्ट्रोलरलाई बेसकरी समाती राख्नुस्, अनि कुरुन्जेल ब्रेक लगाई राख्नुस् ।

रेल मार्गहरु काट्नु पर्दा जहिले पनि पैदलेपुल, सुरुङ्ग वा तोकिएको पदयात्री लेबल क्रसिंग (pedestrian level crossing) बाट गर्नु होस् । अरु ठाउँबाट काट्दा धेरै खतरा हुन सक्छ । जरीवाना लाग्नेछ ।

सबै स्टेसनहरु र धेरै रेलहरुमा आकस्मिक सहयोग बिन्दु (Emergency Help Point) ईन्टरकोम हुन्छ जसबाट अकस्मात पर्दा तपाईले Sydney Trains का कर्मचारीलाई सम्पर्क गर्न सक्नु हुनेछ । हरेक Emergency Help Point २४ सै घण्टा भिडियो निग्रानीमा रहन्छ । कृपया याद गर्नुहोस् की हाम्रा कर्मचारीले तपाईको भाषा नबोल्न सक्छ ।

छोपिएको तथा आवृत ठाउँहरुमा, जस्तै कुर्ने कोठा, शौचालय, भुमिगत स्टेसनहरु वा रेलहरुमा धुम्रपान निषेध गरिएको छ । Sydney Trains को कुनैपनि स्थानमा मद्यपान गर्न पाइदैन । जरीवाना लाग्नेछ ।

राती ढिलो यात्रा गर्दा

तपाईको सुरक्षाको लागि अधिकांश उपनगरीय (suburban) रेल लाईनहरुमा मध्यरात देखि बिहान ४ बजे सम्म रेलको सत्ता NightRide बसहरु चल्ने छ ।

अधिकांश उपनगरीय (suburban) रेल स्टेसनहरुमा प्रदर्शित बिशेष NightRide bus network को पोष्टरलाई हेर्नु होस् । पोष्टरमा समयतालिका हुन्छ र सबै भन्दा नजिकको NightRide बस बिसौनी देखाउछ ।

थप जानकारी

  • थप जानकारीका लागि Transport Info लाई १३१ ५०० (सेवा अंग्रेजीमा) मा फोन गर्नुहोस् ।
  • यदि तपाईलाई दोभाषेको सहायता चाहिएमा अष्ट्रेलियन सरकारको अनुवाद तथा दोभाषे सेवा (Translating and Interpreting Service) लाई १३१ ४५० मा फोन गर्नुहोस् ।